• Trending:

चिकित्सा शिक्षा आयोगले १० कर्मचारी फिर्ता पठायो

चिकित्सा शिक्षा आयोगले १० कर्मचारी फिर्ता पठायो

Economist Nepal

Tue, Mangsir 27 2079

चिकित्सा शिक्षा आयोगले १० कर्मचारी फिर्ता पठायो

काठमाडाैं । कामकाजमा असहयोग गरेको आरोप लगाउँदै चिकित्सा शिक्षा आयोगले १० कर्मचारीलाई फिर्ता पठाएको छ । जसमध्य ५ जना उपसचिव रहेका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका ३ र शिक्षा मन्त्रालयले खटाएका ७ गरी १० कर्मचारीको काज आयोगले फिर्ता गरेको हो । त्यसरी फिर्ता पठाएका कर्मचारीहरु मन्त्रालयमा हाजीर हुन थालेका छन् ।

शिक्षा मन्त्रालयले सदस्य सचिवको सरुवा गरेपछि आयोग र मन्त्रालयबीच द्वन्द्व चर्किएको थियो । गत भदौ २० मा आयोगका सदस्यसचिव भोजराज काफ्लेलाई शिक्षा मन्त्रालयमा सरुवा गरिएका थियो भने शैक्षिक गुणस्तर परीक्षण केन्द्रका तत्कालीन सहसचिव शविकुमार सापकोटालाई काफ्लेलाई सदस्य सचिवको जिम्मेवारी दिइएको थियो ।

सदस्यसचिव सरुवामा मन्त्रालय र आयोगबीचको द्वन्द्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले हस्तक्षेप गरेर समस्या थामथुम पारेको थियो ।

Comments
Related News

© 2024 All right reserved to Old Durbar Pvt. Ltd.