गृहमन्त्री बालकृष्ण खाँण रुपन्देही-२ बाट सिफारिश
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणलाई रुपन्देही-२ बाट प्रतिनिधिसभाको निर्वाचनको लागि नाम सिफारिश गरेको छ । नेपाली कांग्रेस क्षेत्रीय समितिले गृहमन्त्री खाँणको नाम सिफारिश गरेको हो ।
खाँणसहित क्षेत्रीय समितिले युवराज गिरी र चुन्नुप्रसाद पौडेलको नाम पनि सिफारिस गरेको हो ।
खाँण २०७४ को निर्वाचनमा रुपन्देही-३ बाट समानुपातिकमा बसेका थिए ।
रुपन्देही–२ एमाले उपाध्यक्ष विष्णु पौडेलको क्षेत्र हो । यो क्षेत्रबाट पौडेलले लगातार चुनाव जित्दै आएका छन् । यस पटक भने पौडेल र खाँणको भिडन्त हुने संकेत देखिएको छ ।
Comments
Related News