राष्ट्रियसभाको आजको बैठकमा नागरिकता विधेयक पारित गरिदै
काठमाडौँ । राष्ट्रियसभाको आजको दोस्रो बैठकमा नागरिकता विधेयक प्रस्तुत हुने भएको छ ।
आज ४ बजेर ४९ मिनेटमा बस्ने दोस्रो बैठकमा गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भइ प्रतिनिधि सभाबाटसंदेशसहित प्राप्त भएको नागरिकता पहिलो संशोधन विधेयकप्रस्तुत गर्ने छन् । राष्ट्रियसभाबाट आजै नागरिकता विधेयक पारित गर्ने कार्यसूची समेत रहेको छ ।
यसअघि राष्ट्रिय सभाले नागरिकता विधेयक राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा पठाएको थियो । विधायन व्यवस्थापन समितिले बुधबार नै यस विधेयकलाई बिना संशोधन बहुमतले पारित गरेको थियो ।
Comments
Related News