जेलमा रहेका अफ्ताब आलम रौतहट-२ बाट काँग्रेसको उम्मेदवार सिफारिस
रौतहट । सामूहिक हत्या अभियोगमा पुर्पक्षका लागि जेल रहेका मोहम्मद अफ्ताब आलम रौतहट-२ बाट संघीय संसद्को उम्मेदवारका रूपमा सिफारिस भएका छन् ।
रौतहट काँग्रेसको जिल्ला समितिले आलमको नाम रौतहट-२ बाट सिफारिस गरेको हो ।
आलमसँगै अन्जु झाको पनि नाम सिफारिसमा परेको छ । अभियुक्त आलम हाल ललितपुरको नक्खु कारागारमा छन् भने उनको मुद्दा रौतहट जिल्ला अदालतमा विचाराधीन छ ।
Comments
Related News