• Trending:

मनाङ जाने बेंसीसहर-चामे सडक पहिरोले क्षतिग्रस्त

मनाङ जाने बेंसीसहर-चामे सडक पहिरोले क्षतिग्रस्त

Economist Nepal

Fri, Bhadra 17 2079

मनाङ जाने बेंसीसहर-चामे सडक पहिरोले क्षतिग्रस्त


मनाङ जाने बेंसीसहर-चामे सडक पहिरोले क्षतिग्रस्त



kharibot

लमजुङ । मनाङ सदरमुकाम चामे जोड्ने एकमात्र बेंसीसहर-चामे सडक बाढीपहिरोले क्षतिग्रस्त भएकाे छ ।  

लगातार भइरहेको वर्षाले बेसीसहर-चामे सडकअन्तर्गत बेसीसहर नगरपालिका-६ खरखरे र दलदलेमा करिब एक किलोमिटर सडकमा पहिरो गएको छ। 

सो क्षेत्रमा भासिएको सडक मर्मत र आएको पहिरो हटाउन नसक्दा गत जेठ महिनादेखि सडक अवरुद्ध छ। 

लमजुङ सदरमुकाम बेंसीसहर हुँदै मनाङ सदरमुकाम चामे जोड्ने एकमात्र यो सडक अवरुद्ध हुँदा सिङ्गो मर्स्याङ्दी गाउँपालिका र मनाङवासी समस्यामा परेका बेसीसहर चामे सडक सरोकार समितिका संयोजक सूर्यप्रकाश कतिलाले बताए । डुम्रे बेसीसहर चामे सडक परियोजनाका प्रमुख अच्युतविलास पन्तले अवरुद्ध सडक खुलाउन पटक पटक प्रयास गरिएपनि सफल हुन नसकेको बताए । 

Comments
Related News

© 2024 All right reserved to Old Durbar Pvt. Ltd.