केन्याले नेपाललाई दियो २१९ रनको लक्ष्य
काठमाडौँ । तीन खेलको एकदिवसीय सिरिजको पहिलो खेलमा केन्याले नेपाललाई २१९ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिंग गरेको केन्याले ४८.१ ओभरमा अल आउट हुदै २१८ रन बनाएको हो ।
केन्याका लागि राकेप पटेलले सर्बाधिक ६७ रन बनाए भने कोलिन्स ओबुयाले ६२ रन बनाएका थिए ।
नेपालका बलर सोमपाल कामी र करण केसीले ३-३ विकेट लिए भनेआदील अन्सारी र पवन सराफले एक एक विकेट लिएका थिए ।
२१९ रन को लक्ष्य पाएको नेपालले केहीबेरमा जवाफी ब्याटिंग गर्दै छ ।
केन्या टूरमा रहेको नेपालले यस अघि खेलको टी-२० सिरिज ३-२ ले जितेको थियो ।
Comments
Related News