नागरिकता विधेयक राष्ट्रियसभाबाट पनि हुबहु पारित
काठमाडौं । राष्ट्रियसभाबाट नागरिकता विधेयक पारित भएको छ । प्रतिनिधिसभाबाट पारित भएको विधेयक राष्ट्रियसभाबाट पनि बहुमतबाट विधेयक पारित भएको हो ।
यसअघि प्रमाणीकरणका लागि पठाइएको विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित प्रतिनिधिसभामा फिर्ता पठाइदिएकी थिइन् । तर, पुनर्विचारका लागि फिर्ता भएको विधेयक दुवै सदनबाट हुबहु पारित भएको हो ।
अब सभामुखले प्रमाणित गरेर प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाउने र राष्ट्रपति १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने संबैधानिक व्यवस्था रहेको छ ।
Comments
Related News