• Trending:

अमेरिकाले ताइवानलाई १.१ अर्ब डलरको मिसाइल बेच्ने

अमेरिकाले ताइवानलाई १.१ अर्ब डलरको मिसाइल बेच्ने

Economist Nepal

Sat, Bhadra 18 2079

अमेरिकाले ताइवानलाई १.१ अर्ब डलरको मिसाइल बेच्ने


अमेरिकाले ताइवानलाई १.१ अर्ब डलरको मिसाइल बेच्ने



kharibot

फाइल तस्बीर

काठमाडौँ । बेइजिङसँग बढ्दो तनावबीच  टापुको प्रतिरक्षालाई बढावा दिन संयुक्त राज्य अमेरिकाले शुक्रबार ताइवानलाई १.१ अर्ब डलरको नयाँ हतियार प्याकेज बिक्रि गर्ने घोषणा गरेको छ ।

अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरेको एक महिनापछि अमेरिकाले ताइवानलाई हतियार प्याकेज डिलको घोषणा गरेको हो । 

उक्त सहयोग ताइवानको सुरक्षाका लागि अपरिहार्य भएको अमेरिकी विदश मन्त्रालयका प्रवक्ताले जनाएका छन् । “हामी बेइजिङलाई ताइवानविरुद्धको सैन्य, कूटनीतिक र आर्थिक दबाब बन्द गर्न र ताइवानसँग अर्थपूर्ण वार्तामा संलग्न हुन आग्रह गर्दछौं,“ प्रवक्ताले भने ।

यस प्याकेजमा ६० हार्पून एन्टी शिप मिसाइल, १०० साइडविंडर एयर टू एयर मिसाइल, रहेका छन् । बाइडेन प्रशासनको यस प्रस्तावलाई अमेरिकी काँग्रेसले स्वीकृति दिने विश्वास गरिएको छ ।    

Comments
Related News

© 2024 All right reserved to Old Durbar Pvt. Ltd.