एभर्टनसँग गोलरहित बराबरीमा रोकियो लिभरपुल
काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुल एभर्टनसँग बराबरीमा रोकिएको छ । शनिबार सम्पन्न खेलमा लिभरपुल एभर्टनसँग गोलरहित बराबरीमा रोकिएको हो ।
प्रतिष्पर्धात्मक खेलमा एभर्टनले लिभरपुललाई निकै दबाबमा राखेको थियो । एभर्टनका कोनोर कोडीले खेलको ६९औं मिनेटमा गरेको गोल रेफ्रीले अफसाइड दिएपछि एभर्टनले अग्रता लिने अवसर गुमाएको थियो ।
यो बराबरी पछि एभर्टनले यस सिजनमा खेलेका ६ खेलमा चौथो बराबरी खेलेको छ भने दुई खेलमा हार बेहोरेको छ । यो खेलपछि एभर्टनको ६ खेलमा ४ अंक भएको छ र लिगमा १४औं स्थानमा उक्लिएको छ ।
त्यस्तै लिभरपुलको भने ६ खेलमा ९ अंक रहेको छ र लिगमा पाँचौ स्थानमा रहेको छ ।
Comments
Related News