• Trending:

हिमालयन बैंकको ऋणपत्रमा आवेदन दिने समय लम्बियो

हिमालयन बैंकको ऋणपत्रमा आवेदन दिने समय लम्बियो

Economist Nepal

Sun, Bhadra 19 2079

हिमालयन बैंकको ऋणपत्रमा आवेदन दिने समय लम्बियो


हिमालयन बैंकको ऋणपत्रमा आवेदन दिने समय लम्बियो



kharibot

काठमाडौं । हिमालयन बैंकको ऋणपत्र पहिलो चरणको निर्धारित समयमा बिक्री नभएपछि लम्बिएर २९ भदौसम्म पुर्‍याइएको छ । बैंकले १५ भदौबाट १ हजार रुपैयाँ दरमा २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख युनिट ऋणपत्र बिक्री खुला गरेको थियो । 

यसमध्ये १५ लाख युनिट ऋणपत्र व्यक्तिगत तवरबाट तथा बाँकी १० लाख युनिट सर्वसाधारणका लागि खुला गरिएको थियो । यसबाट सामूहिक लगानी कोषलाई पनि ५प्रतिशत छुट्याएको छ । सामूहिक लागानी कोषहरुले कुल ५० हजार इकाई पाउनेछन् । 

यसमा न्यूनतम २५ इकाइदेखि अधिकतम २ लाख ५० हजार इकाइसम्म आवेदन दिन सकिनेछ । बैंकले ७ वर्ष अवधिको ‘हिमालयन बैंक वन्ड २०८६’ नाममा ऋणपत्र जारी गरेको हो ।

यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैकिङ लिमिटेडले गर्नेछ । यसमा सी–आस्वामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

Comments
Related News

© 2024 All right reserved to Old Durbar Pvt. Ltd.