• Trending:

सान्जेन जलविद्युत कम्पनीको आइपीओ भर्ने समय थप

सान्जेन जलविद्युत कम्पनीको आइपीओ भर्ने समय थप

Economist Nepal

Sun, Bhadra 19 2079

सान्जेन जलविद्युत कम्पनीको आइपीओ भर्ने समय थप


सान्जेन जलविद्युत कम्पनीको आइपीओ भर्ने समय थप



kharibot

काठमाडौं । सान्जेन जलविद्युत कम्पनीको आइपीओमा अब ४ असोजसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीले ५ भदौदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आइपीओ बिक्री खुला गरेको थियो । कम्पनीले १ सय अंकित मूल्यमा ३६ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको हो । 

यसमा आयोजनाबाट अति प्रभावित क्षेत्र क्षेत्र आमाछोदिङमो गाउँपालिका–५ चिलिमे र आयोजना निर्माण गर्ने प्रसारण लाइनबाट प्रभावित गोल्जुङका बासिन्दाले आवेदन दिन सक्नेछन् ।

यस्तै, सामान्य प्रभावित आमाछोदिङमो गाउँपालिकाका अन्य वडाहरू १, २, ३ तथा सामान्य प्रभावित बाँकी सम्पूर्ण जिल्लाका सबै बासिन्दाहरुले पनि आवेदन दिन सक्नेछन् ।

स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम ७०० कित्तासम्म आवेदन दिन सक्नेछन् । यो आइपीओमा नागरिक लगानी कोष बिक्री प्रबन्धक रहेको छ ।

यस्तै, सहनिष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल र एनएमबि क्यापिटल रहेका छन् ।

Comments
Related News

© 2024 All right reserved to Old Durbar Pvt. Ltd.