• Trending:

तीन जनाको ज्यान जाने गरी ठक्कर दिएर फरार चालक गाडीसहित पक्राउ

तीन जनाको ज्यान जाने गरी ठक्कर दिएर फरार चालक गाडीसहित पक्राउ

Economist Nepal

Tue, Kartik 15 2079

तीन जनाको ज्यान जाने गरी ठक्कर दिएर फरार चालक गाडीसहित पक्राउ


१५ कार्तिक २०७९, मंगलवार

IMG20221101131109.jpg scaled

भैरहवा । रुपन्देहीको ओमसतिया–४ पननीमा सोमबार भएको दुर्घटनामा फरार रहेको गाडीसहित चालक पक्राउ परेका छन् ।
स्थानीय छठ घाट रोहिणी खोला जाँदै गरेका सोमबार बिहान पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको गाडीले ठक्कर दिँदा तीन जनाको मृत्यु र दुई जना घाइते भएका थिए । ठक्करपछि फरार रहेको चालक र गाडीलाई रुपन्देही प्रहरीले भैरहवाको गल्लामण्डीबाट पक्राउ गरेको हो ।

बिहान ४ बजेर ५५ मिनेटमा पैदलयात्रीलाई ठक्कर दिँदा गाडीले केही भाग र संकेत घटनास्थलमै छाडेकाले घटना भएकै दिन गाडी र चालक पहिचान भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रवीन्द्र रेग्मीले बताए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

अनुसन्धानबाट रुपन्देहीको रोहिणी गाउँपालिका–३ घर हुने अजयकुमार चौधरीले चलाएको बा ८ च ६५३२ नम्वरको टाटा इन्डिका भिष्टा गाडीले ठक्कर दिई दुर्घटना भएको पुष्टि गरेको छ । दुर्घटनामा परेको गाडी सिद्धार्थनगर–४ पिपरहियामा त्रिपालले ढाकेर राखिएको अवस्थामा सोमबार साँझ र चालक चौधरीलाई गल्लामण्डीस्थित बजारबाट नियन्त्रणमा लिएको एसपी रेग्मीले बताए ।

city
ncll 2

दुर्घटनामा परी ओमसतिया–४ पननीकै दुई महिनाको श्रीराम कुर्मी, वर्ष १४ की सिमा कुर्मी, वर्ष २८ की प्रमशिला कुर्मीको मृत्यु भएको थियो । त्यस्तै घाइते भएकी शिशुकी आमा २४ वर्षीय बन्दना कुर्मी र सोही ठाउँ बस्ने २६ वर्षीया मन्जु कुर्मीको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

jagdamba.cement
nepal liquors

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.