• Trending:

तीन महिनामा पौने चार अर्बको फलफूल नेपाल भित्रियो

तीन महिनामा पौने चार अर्बको फलफूल नेपाल भित्रियो

Economist Nepal

Wed, Kartik 16 2079

तीन महिनामा पौने चार अर्बको फलफूल नेपाल भित्रियो


१६ कार्तिक २०७९, बुधबार

fruit

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनामा विभिन्न देशबाट नेपालमा पौने चार अर्ब रुपैयाँको फलफूल भित्रिएको पाइएको छ । २०७९ सालको साउन, भदौ र असोज महिनामा उक्त मुल्य बराबरको फलफूल नेपालमा भित्रिएको हो ।

भन्सार विभागका अनुसार बितेको तीन महिनामा कुल ३ अर्ब ७९ करोड ८६ लाख ५३ हजार रुपैयाँको फलफूल नेपालले आयात गरेको छ । उक्त समयमा नेपालले १६ करोड २३ लाख ५९ हजार रुपैयाँको १ करोड १३ लाख ७ हजार ४४६ केजी केरा आयात गरेको छ । सोही समयमा ७ करोड ९३ लाख ३ हजार रुपैयाँको भुइकटहर नेपाल भित्रिएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १ करोड ४९ लाख ८ हजार रुपैयाँको ५१ हजार १९० केजी एभोकार्डो, १८ करोड ७४ लाख रुपैयाँको ३७ लाख केजीभन्दा बढी आँप र अम्बा, १७ करोड ४ हजार रुपैयाँको २३ लाख २४ हजार २८३ केजी कागती र ११ करोड ८ लाख १४ हजार रुपैयाँको खरबुजा नेपाल भित्रिएको छ ।

city
ncll 2

यस्तै १० करोड ८० लाख १५ हजार रुपैयाँको ३० लाख ५३ हजार ४७४ केजी मेवा, २ अर्ब २४ करोड ९६ लाख ३९ हजार रुपैयाँको स्याउ र २९ करोड ७६ लाख ५६ हजार रुपैयाँको २८ लाख ७१ हजार १७६ केजी अनार पछिल्लो तीन महिनामा नेपालले आयात गरेको विभागले जनाएको छ ।

jagdamba.cement
nepal liquors

विभागका अनुसार अघिल्लो आर्थिक वर्ष २०७८/७९ को पहिलो तीन महिनामा नेपालले विभिन्न देशबाट ४ खर्ब ५६ करोड ९४ लाख ४४ हजार रुपैयाँको फलफूल आयात गरेको थियो ।

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.