• Trending:

मतदानको दिन सवारीसाधन सञ्चालनमा रोक लगाउन गृह मन्त्रालयको सुझाव छ : आयोग

मतदानको दिन सवारीसाधन सञ्चालनमा रोक लगाउन गृह मन्त्रालयको सुझाव छ : आयोग

Economist Nepal

Wed, Kartik 16 2079

मतदानको दिन सवारीसाधन सञ्चालनमा रोक लगाउन गृह मन्त्रालयको सुझाव छ : आयोग


१६ कार्तिक २०७९, बुधबार

dinesh

काठमाडौं । निर्वाचन आयोगले आसन्न निर्वाचनको मतदानको दिन सवारीसाधन सञ्चालनमा रोक लगाउनुपर्ने सरोकारवालाको सुझाव रहेको जनाएको छ ।

आयोग कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले गृह मन्त्रालयसहित सरोकारवाला निकायले मतदानको दिन सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर सवारीसाधन सञ्चालनमा रोक लगाउनुपर्ने सुझाव दिएको जानकारी दिए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

तर, यसबारे आयोगले उपयुक्त निर्णय लिने उनले बताए । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतदान आगामी ४ मंसिरमा हुँदैछ ।
निर्वाचन विथोलिने गतिविधि हुन नदिन आयोग सचेत
निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन विथोलिने गतिविधि हुन नदिने विषयमा आयोग सचेत रहेको जानकारी दिएका छन् । आयोग कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख आयुक्त थपलियाले निर्वाचन विथोलिने गतिविधि हुन नदिने गरी सचेतका साथ काम भएको बताए । आयोगले कुनै पनि प्रश्न नउठ्ने गरी काम गरेको दाबी गरेका उनले निर्वाचन आचारसंहिता परिपालनामा सबैमा जोड दिए ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.