• Trending:

सन्दीपको मुद्दामा सरकारी वकिल र वादीका तर्फबाट सात जनाको बहस

सन्दीपको मुद्दामा सरकारी वकिल र वादीका तर्फबाट सात जनाको बहस

Economist Nepal

Wed, Kartik 16 2079

सन्दीपको मुद्दामा सरकारी वकिल र वादीका तर्फबाट सात जनाको बहस


१६ कार्तिक २०७९, बुधबार

Sandeep lamichhane 2 2

काठमाडौं । नाबालिग बलात्कार अभियोगमा अदालती प्रक्रियामा रहेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज (बुधबार) सात जना वकिलले बहस गरेका छन् । काठमाडौं जिल्ला अदालतमा वरिष्ठ अधिवक्ता शशि अधिकारी, सुनिता रेग्मी, अधिवक्ता शान्ति काफ्लेलगायतले बहस गरेका हुन् ।

थुनछेक बहस अझै जारी रहेको र आज सकिने सम्भावना न्यून रहेको जनाइएको छ । यसअघि मंगलबार साँझ अबेरसम्म सन्दीपको बयान लिइएको थियो । मंगलबार साँझसम्म बयान लिएर सकाएपछि सन्दीपविरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखेर आज थुनछेक बहस भएको हो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

१७ वर्षीय नाबालिग किशोरीलाई जबरजस्ती करणी गरेको जाहेरीका आधारमा सन्दीपमाथि प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो । २४ दिन प्रहरी हिरासतमा राखी कात्तिक १४ गते सोमबार काठमाडौँ जिल्ला अदालतमा सन्दीपविरुद्ध जबरजस्ती करणी गरेको कसुरमा मुद्दा दायर गरिएको थियो ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.