• Trending:

पूर्वाधार विकासमा बुटवलले असाधारण फड्दो मार्छ : एमाले उपाध्यक्ष पौडेल

पूर्वाधार विकासमा बुटवलले असाधारण फड्दो मार्छ : एमाले उपाध्यक्ष पौडेल

Economist Nepal

Wed, Kartik 16 2079

पूर्वाधार विकासमा बुटवलले असाधारण फड्दो मार्छ : एमाले उपाध्यक्ष पौडेल


१६ कार्तिक २०७९, बुधबार

Bishnu poudel

बुटवल । पूर्व अर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पूर्वाधार तथा विकासको क्षेत्रमा बुटवलले असाधारण फड्दो मार्ने दाबी गरेका छन् ।

सुरु गरिएका ठूला विकासका आयोजना सम्पन्न भएपछि यहाँको विकास मुलुककै लागि नमुना देखिने उनको दाबी छ । ठूला पूर्वाधार निर्माणका कामलाई कसैले पनि राजनीतिक रङ नदिएर सम्पन्न गर्दा यहाँका बासिन्दाको जीवनस्तरमा उल्लेख्य सुधार हुने उनले दाबी गरे ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

बुटवल–११ प्रगतिनगरमा बुधबार मतदाताहरूसँग अन्तरक्रिया गर्दै पौडेलले तिनाउ–दानव करिडोर निर्माण भएपछि बुटवल नमुना सहरको रूपमा विकास हुने दाबी गरे । करिडोर निर्माणको नाममा यहाँका कुनै पनि बासिन्दालाई विचलित नपारिने उनले स्पष्ट पारे । नदी नियन्त्रण गरी व्यवस्थित सहर निर्माण गर्ने उद्देश्यले करिडोर निर्माणको काम अघि बढाइएको बताउँदै उनले कोरिडोर क्षेत्रमा पर्ने घरपरिवारलाई समेत व्यवस्थित र सुरक्षित स्थानमा व्यवस्थापन गरिने बताए ।

city
ncll 2

एमाले पोलिटव्युरो सदस्य तथा लुम्बिनी प्रदेशका पूर्व मन्त्री लीला गिरीले एमाले सरकारमा सुरु गरिएका पूर्वाधार निर्माण र विकासका कामलाई पूर्णता दिन ४ मंसिरमा जनताले सूर्यमा मतदान गर्न आग्रह गरे । जनताको समस्या बुझ्न र विकासका लागि एमालेको नेतृत्व अनिवार्य रहेको बताउँदै उनले आगामी मंसिरमा जनताले एमालेकै पक्षमा फैसला गर्ने दाबी गरे ।

jagdamba.cement
nepal liquors

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.