• Trending:

रोमाञ्चक खेलमा भारतले बंगलादेशलाई हरायो, सेमिफाइनलको सम्भावना बलियो

रोमाञ्चक खेलमा भारतले बंगलादेशलाई हरायो, सेमिफाइनलको सम्भावना बलियो

Economist Nepal

Wed, Kartik 16 2079

रोमाञ्चक खेलमा भारतले बंगलादेशलाई हरायो, सेमिफाइनलको सम्भावना बलियो


१६ कार्तिक २०७९, बुधबार

India defeat Bangladesh1667392120

एडिलेड । भारतले ट्वान्टी–२० विश्वकप सुपर–१२ को ग्रुप–२ को रोमाञ्चक खेलमा बंगलादेशलाई डक वर्थ लेविस नियममा ५ रनले पराजित गर्दै आफ्नो सेमिफाइनल यात्रा सम्भावना बलियो बनाएको छ । जितका लागि १६ ओभरमा १५१ रनको नयाँ लक्ष्य पाएको बंगलादेशले छ विकेट गुमाएर १४५ रन मात्र बनाउन सक्यो ।

जितपछि भारतको ६ अंक भएको छ । जितसँगै भारत समूहको शीर्ष स्थानमा उक्लेको छ । बंगलादेश भने ४ अंकसहित तेस्रो स्थानमा कायम छ । भारतको अन्तिम खेल जिम्बावेविरुद्ध रहेको छ भने बंगलादेशले पाकिस्तानको सामना गर्नेछ । बंगलादेशलाई अन्तिम ओभरमा जितका लागि २० रन चाहिएको थियो । अन्तिम बल पुग्दा जितका लागि ७ रन चाहिएको थियो । तर त्यसलाई हात पार्न सकेन ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

खेल वर्षाले अवरोध पुर्‍याएपछि बंगलादेशले जितका लागि १६ ओभरमा नयाँ विजयी लक्ष्य १५१ रन तय भएको थियो । सातौं ओभरको समाप्तिमा पानी पर्न शुरु भएको थियो । त्यति बेला बंगलादेश बिना कुनै विकेटको क्षति ६६ रन बनाएर मजबुत स्थितिमा थियो । फेरि खेल शुरु भएलगत्तै लिटन दास ६० रन बनाएर रनआउट भए र खेल भारतको पक्षमा मोडिएको थियो ।

city
ncll 2

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले २० ओभरमा ६ विकेट गुमाएर १८४ रन बनाएको थियो । त्यसमा दुई अर्धशतकीय इनिङ्स सामेल रह्यो । प्रारम्भिक ब्याटर केएल राहुलले लयमा फर्किंदै ३२ बलमा ५० रन बनाए भने विराट कोहलीले नटआउट रहेर ४४ बलमा ६४ रन बनाए । यस्तै सूर्यकुमार यादवले ३० रन बनाए । बंगलादेशी बलरमध्ये हसन महमुदले तीन तथा साकिब अल हसनले २ विकेट लिए ।

jagdamba.cement
nepal liquors

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.