• Trending:

स्कुल बसको झ्यालबाट टाउको बाहिर निकाल्दा रुखमा ठोक्किएर विद्यार्थीको मृत्यु

स्कुल बसको झ्यालबाट टाउको बाहिर निकाल्दा रुखमा ठोक्किएर विद्यार्थीको मृत्यु

Economist Nepal

Thu, Kartik 17 2079

स्कुल बसको झ्यालबाट टाउको बाहिर निकाल्दा रुखमा ठोक्किएर विद्यार्थीको मृत्यु


१७ कार्तिक २०७९, बिहीबार

accident 2

काठमाडौं । स्कुल बसको झ्यालबाट टाउको बाहिर निकाल्दा लाजिम्पाटमा एक विद्यार्थीको मृत्यु भएको छ । बुधबार लाजिम्पाटमा भएको दुर्घटनाका घाइते विद्यार्थीको बिहीबार बिहान उपचारको क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीका अनुसार बुधबार दिउँसो करिब साढे ३ बजे बेस्ट इलिमेन्टरी मन्टेश्वरी स्कुलमा कक्षा ५ मा अध्ययनरत १३ वर्षीय आयुष्मान दाहालको टाउको रुखमा ठोक्किएर घाइते भएका थिए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

विद्यालयबाट घर फर्कने क्रममा विद्यालयकै बा १ क ४६४२ नम्बरको बसमा रहेका उनले टाउको झ्यालबाट बाहिर निकाल्दा रुखमा ठोक्किएको थियो । विद्यालयको गेट नजिकैको रुखमा टाउको ठोक्किदा गम्भीर घाइते भएका उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो ।

city
ncll 2

बुधबार अपरान्ह भएको दुर्घटनापछि उनलाई तत्काल उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगी उपचार गराइएको थियो । तर उपचारकै क्रममा बिहीबार बिहान २ः२१ बजे उनको निधन भएको प्रहरीले जनाएको छ ।

jagdamba.cement
nepal liquors

दुर्घटनामा घाइते भएका दाहालको मृत्युपछि उनको शवको पोस्टमार्टमका लागि शिक्षण अस्पतालमा राखिएको छ । दुर्घटनामा परेको बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.