

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मंसिर ४ को निर्वाचनमा अग्रगामी शक्तिलाई जिताउनु पर्ने बताएका छन् । नेसपाका अध्यक्ष भट्टराईले बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा कांग्रेस र कम्युनिष्ट खास खास मुद्दामा मिलेको बताएका हुन् ।
भट्टराईले कांग्रेस र कम्युनिष्ट सहकार्य पनि र प्रतिष्पर्धा पनि गर्दै आएको उल्लेख गरेका छन् । उनले अहिलेको अवस्था विशिष्ट भएकाले गठबन्धन आवश्यक भएको दाबी गरे ।
उनले विकास र समृद्धिको अभियानमा अग्रिणी भूमिका खेल्न सबैलाई आह्वान गरे । कृषि प्रधान अर्थतन्त्रलाई औधोगिक अर्थतन्त्रमा रुपान्तरण गर्नुपर्ने आवश्यकता रहेको उनको भनाई छ । उनले बुढीगण्डकी जलविद्युत आयोजना छिटो अगाडि बढाउनुपर्ने बताए ।