• Trending:

सुनको मूल्य घट्यो, चाँदीको मूल्यमा पनि सामान्य गिरावट

सुनको मूल्य घट्यो, चाँदीको मूल्यमा पनि सामान्य गिरावट

Economist Nepal

Thu, Kartik 17 2079

सुनको मूल्य घट्यो, चाँदीको मूल्यमा पनि सामान्य गिरावट


१७ कार्तिक २०७९, बिहीबार

Gold 2

काठमाडौं । साताको पाँचौं दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । केही दिनदेखि बढिरहेको सुनको मूल्य बिहीबार तोलामा चार सय रुपैयाँले गिरावट आएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार दुई रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार सात सय रुपैयाँ कायम भएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

यसअघि बुधबार छापावाल सुन प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा किनबेच भएको थियो । यस्तै, तेजाबी सुन प्रतितोला ९३ हजार एक सय रुपैयाँमा किनबेच भएको थियो । त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार बुधबार चाँदीको मूल्य तोलामा १० रुपैयाँ घटेर प्रतितोला एक हजार दुई सय १५ रुपैयाँ कायम भएको छ । यसअघि बुधबार चाँदी प्रतितोला एक हजार दुई सय २५ रुपैयाँमा किनबेच भएको थियो ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.