• Trending:

स्वर्ण पदक विजेता बुढालाई एसिया इन्टरनेसनल स्कुलको सम्मान

स्वर्ण पदक विजेता बुढालाई एसिया इन्टरनेसनल स्कुलको सम्मान

Economist Nepal

Thu, Kartik 17 2079

स्वर्ण पदक विजेता बुढालाई एसिया इन्टरनेसनल स्कुलको सम्मान


१७ कार्तिक २०७९, बिहीबार

313123946 685481906441658 7259671120064044422 n

जुम्ला । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक विजेता कीर्तिमानी धावक दुर्गबहादुर बुढालाई एसिया इन्टरनेसनल बोर्डिङ स्कुल जुम्लाले सम्मान गरेको छ । खेलाडीलाई उत्साहित र हौसला बढाउन सम्मान गरेको हो ।

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितापछि पोखरा, नेपालगन्ज हुँदै गृह जिल्ला जुम्ला आइपुगेका बुढालाई खादा र अबिरले स्वागत तथा सम्मान गरिएको स्कुल सञ्चालक मनोज बुढाथोकी मगरले बताए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
314374137 801484881080083 6124386091145960733 n

पोखरामा सञ्चालित राष्ट्रिय खेलकुदको तीन हजार मिटर दौड प्रतियोगितामा जुम्लाका बुढा प्रथम भएर स्वर्ण पदक जितेका थिए । उनी कर्णाली प्रदेशकै पहिलो स्वर्ण पदक जितेका समेत हुन् ।

city
ncll 2

बुढाले एथलेटिक्सतर्फको तीन हजार मिटर स्टेबल चेस पुरुषतर्फको खेलमा कर्णालीलाई स्वर्ण पदक दिन सफल भएका थिए । कास्कीको पोखरामा सम्पन्न भएको प्रतिस्पर्धामा बुढाले एपिएफ क्लबका अजित यादवलाई पछि पारेका थिए । दुर्गले निर्धारित दूरी आठ मिनेट ५५ दशमलव १९ सेकेन्डमा पार गरेका थिए ।

jagdamba.cement
nepal liquors

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.