• Trending:

भुटानविरुद्ध खेलमा कप्तान दीपालाई अग्रपंक्तिको जिम्मा

भुटानविरुद्ध खेलमा कप्तान दीपालाई अग्रपंक्तिको जिम्मा

Economist Nepal

Thu, Kartik 17 2079

भुटानविरुद्ध खेलमा कप्तान दीपालाई अग्रपंक्तिको जिम्मा


१७ कार्तिक २०७९, बिहीबार

u 15.jpg

काठमाडौं । बंगलादेशमा जारी यू १५ महिला साफ च्याम्पियनसिपमा आज (बिहीबार) नेपाल र भुटान भिड्दैछन् । अपराह्न सवा ४ बजे सुरु हुने खेल अघि प्रशिक्षक भगवती रानाले नेपालको प्लेईङ सेट सार्वजनिक गरेकी छिन् । भुटानविरुद्ध कप्तान दीपा रोकायाले नेपालको अग्रपंक्तिको जिम्मेवारी पाएकी छिन् । यसैगरि गोलपोष्टको जिम्मेवारी सुजता तामाङलाई दिइएको छ ।

ढाकामा हुने खेलमा विजयी हुँदै नेपाल प्रतियोगितामा सुखद् सुरुवात गर्ने लक्ष्यमा छ । उपाधि जित्ने लक्ष्यसहित ढाका पुगेको नेपालले पहिलो खेल खेल्न लागेको हो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

यसअघि उद्घाटन खेलमा बंगलादेशले भुटानलाई ८–० अन्तरले पराजित गरेको थियो । डवल राउन्ड रोबिन आधारमा जारी प्रतियोगितामा तीन टोलीको सहभागीता रहेको छ । शीर्ष टोलीले उपाधी जित्नेछ ।

city
ncll 2

नेपाली टोली
गोलकिपरः सुजता तामाङ
रक्षक –सीता रोकाया, विपना स्नेही, अमिता भुल, सिम्रन राई ।
मिडफिल्डर– सुशीला केसी, रेबिका नेपाली, सुक्रिया मिया ।
स्ट्राइकर– समीक्षा मगर, दीपा रोकाया (कप्तान), वर्षा ओली ।

jagdamba.cement
nepal liquors

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.