

रुपन्देही । रुपन्देहीमा दुई किशोरीाथि बलात्कारको आरोपमा प्रहरीले नौं जनालाई पक्राउ गरेको छ । बुधबार राति सवा १ बजेतरि १५ र १६ वर्षका किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा बिहीबार उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले बताए ।
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सैनामैना नगरपालिका १० बस्ने वर्ष १८ का बबि पाण्डे, वर्ष २६ का रामबहादुर बिकलगायत पाँच जना पक्राउ परेका छन् ।
त्यस्तै १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गर्ने सैनामैना ११ बनकट्टि बस्ने वर्ष १९ का पदम कार्की, गैडहवा गाउँपालिका ८ बस्ने वर्ष १८ को राहुल परियार लगायतका थप दुई जना प्रतिवादीहरुलाई पक्राउ गरिएको उनले जानकारी दिए । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।
कञ्चन गाउँपालिका २ गोफ्लापुरस्थित बाटोमा हिँड्दै गरेका किशोरीलाई ११÷१२ जनाको समूहका मानिसहरुले अपहरण गरी जंगल तथा खोला किनारमा लगी जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रुद्रपुर, सुर्यपुरा र सालझण्डी रुपन्देहीबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा पक्राउ गरेको थियो ।