• Trending:

प्रधानसेनापति ‘ट्राइ एडभेन्चर’ मंसिरमा हुने

प्रधानसेनापति ‘ट्राइ एडभेन्चर’ मंसिरमा हुने

Economist Nepal

Thu, Kartik 17 2079

प्रधानसेनापति ‘ट्राइ एडभेन्चर’ मंसिरमा हुने


१७ कार्तिक २०७९, बिहीबार

Capture 20221103190720 1

काठमाडौं । नेपाली सेनाको आयोजनामा हुने पाँचाैं संस्करणको प्रधानसेनापति अन्तर्राष्ट्रिय ट्राइ एडभेन्चर प्रतियोगिता आगामी मंसिरमा हुने भएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टोलीको सहभागिता रहने उक्त प्रतियोगिता आगामी मङ्सिर ९ गते हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नेपाली सेनाका सेनानी एवं उक्त प्रतियोगिताका निर्देशक राजीव चन्दले जानकारी दिए । उनले उक्त प्रतियोगितामा सहभागी हुन चाहने इच्छुक टोलीले आगामी मङ्सिर १ गतेसम्म टिम दर्ता गराउन पाउने समेत बताए । उक्त प्रतियोगितामा निःशुल्क टिम दर्ता गराउन पाइनेछ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

दौड, साइक्लिङ र र्‍याफटिङ समावेश हुने उक्त प्रतियोगितामा एक टिममा चार खेलाडी सहभागी हुनेछन् । प्रतियोगितामा पहिलो स्थान हासिल गर्ने टोलीले रु दुई लाख प्राप्त गर्नेछ भने दोस्रो हुने टोलीले रु एक लाख ६० हजार पाउनेछ । त्यसैगरी प्रतियोगितामा तेस्रोले रु एक लाख, चौथोले रु २० हजार र पाँचौँ हुने टोलीले रु १० हजार पाउने छन् ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.