• Trending:

घरदैलो मतदाता शिक्षा आजबाट, ६,७४३ स्वास्थ्य स्वयंसेविका परिचालन

घरदैलो मतदाता शिक्षा आजबाट, ६,७४३ स्वास्थ्य स्वयंसेविका परिचालन

Economist Nepal

Fri, Kartik 18 2079

घरदैलो मतदाता शिक्षा आजबाट, ६,७४३ स्वास्थ्य स्वयंसेविका परिचालन


१८ कार्तिक २०७९, शुक्रबार

matdata sikshya

काठमाडौं । मंसिर ४ गतेको आम निर्वाचनका लागि आज (शुक्रबार) बाट देशभर मतदाता शिक्षा कार्यक्रम शुरु हुँदैछ । मतदाता शिक्षा कार्यक्रममार्फत मतदातादाई मतदान गर्ने सही तरिका सिकाइनेछ ।

निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले ७७ वटै जिल्लाका ७५३ स्थानीय तहका ६,७४३ वडाका घरमा मतदाता शिक्षा कार्यक्रम आयोजना गरिने जानकारी दिए । यसका लागि आयोगले प्रत्येक वडामा रहका स्वास्थ्य स्वयंसेविकालाई मतदाता शिक्षा कार्यकर्ता तोकेर खटाउँदैछ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

‘देशका ६,७४३ वडामा सोही संख्यामा स्वास्थ्य स्वयंसेविकामार्फत मतदाता शिक्षा कार्यक्रम शुरु हुँदैछ, स्थानीय तहसँगको समन्वयमा मतदाता शिक्षा कार्यक्रम १८ कात्तिकदेखि १ मंसिरसम्म आयोजना हुनेछ,’ आयोगका सहायक प्रवक्ता अर्यालले भने ।

city
ncll 2

उनका अनुसार केही वडामा एक स्वास्थ्य स्वयंसेविकाले अपुग भए थप एक परिचालन गर्ने तयारी छ । मतदाता शिक्षाका लागि हुने घरदैलोमा मतदान गर्ने तरिकासहित निर्वाचनका लागि जानकारीमूलक ब्रोसर वितरण गरिने जनाइएको छ । मतदाता शिक्षा कार्यक्रमका लागि त्यसरी खटिने स्वास्थ्य स्वयंसेविकालाई स्थानीय तहले नै पारिश्रमिक उपलब्ध गराउनेछ भने तालिमसमेत स्थानीय तहमार्फत नै प्रदान गरिएको छ ।

jagdamba.cement
nepal liquors

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.