• Trending:

नुवाकोटका कांग्रेस सभापति प्रदेशसभा सदस्यमा विजयी

नुवाकोटका कांग्रेस सभापति प्रदेशसभा सदस्यमा विजयी

Economist Nepal

Thu, Mangsir 8 2079

नुवाकोटका कांग्रेस सभापति प्रदेशसभा सदस्यमा विजयी

काठमाडौं । नुवाकोट क्षेत्र नं १ को प्रदेशसभा (२) मा नेपाली कांग्रेसका उम्मेदवार रमेशकुमार महत विजयी भएका छन् ।

निर्वाचन अधिकृत टेकराज भुसालका अनुसार आज सम्पन्न भएको मतगणनामा कांग्रेसका नुवाकोट सभापतिसमेत रहेका महत १३ हजार सात सय २७ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा (एमाले) का पूर्णलाल श्रेष्ठले ११ हजार आठ सय ३१ मत ल्याए ।

उक्त निर्वाचन क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पाटीका उम्मेदवार विमल थापाले तीन हजार ९२ मत प्राप्त गरेका छन् । एक स्वतन्त्रसहित नौ उम्मेदवार चुनावी मैदानमा थिए ।

जिल्लाको ककनी, लिखु, सूर्यगढी गाँउपालिका र पञ्चकन्या गाँउपालिकाको वडा नं. १, २ र ५ यस प्रदेश निर्वाचन क्षेत्रमा पर्दछन् । यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा ३२ हजार दुई सय ४० मत खसेको थियो । अब निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा (१) को मतगणना सुरु भएको सहायक निर्वाचन अधिकृत प्रयास भट्टराईले जानकारी दिए ।

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.