• Trending:

सुर्खेत प्रदेशसभा (२) माओवादीको पोल्टामा

सुर्खेत प्रदेशसभा (२) माओवादीको पोल्टामा

Economist Nepal

Thu, Mangsir 8 2079

सुर्खेत प्रदेशसभा (२) माओवादीको पोल्टामा

काठमाडौं । सुर्खेत क्षेत्र नम्बर २ प्रदेशसभा (२) मा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार विन्दमान विष्ट विजयी भएका छन् । उनी १३ हजार नौ सय नौ मत हासिल गर्दै विजयी भएका हुन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार विष्ट चार हजार पाँच सय ७९ मतान्तरले विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का ताराकेशर गौतमले नौ हजार तीन सय ३० मत प्राप्त गरे ।

यस्तै नेकपा (एकीकृत समाजवादी) का मोहन बढुवालले छ हजार दुई सय नौ, राष्ट्रिय प्रजातन्त्र पार्टीका कर्णबहादुर रेगामी मगरले सात सय ९२ तथा नेपाल मजदुर किसान पार्टीका गगन कामीले ९४ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.