
काठमाडौं । पाँचथरबाट प्रतिनिधि सभा सदस्य पदमा नेकपा (एमाले) का वसन्तकुमार नेम्बाङ पुनः निर्वाचित भएका छन् । गएराति अबेर सकिएको मतपरिणामअनुसार उनले नेपाली कांग्रेसका भीष्मराज आङदेम्बेलाई ४७ मतान्तरले पराजित गरेका थिए ।
नेम्वाङले ३२ हजार एक सय ११० मत प्राप्त गर्दा आङदेम्बेलाई ३२ हजार ६३ मत प्राप्त गरे । नेम्वाङ यसअघि पाँचथरबाट २०४८, २०५६ र २०७४ मा पनि प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
उनी ०७४ मा पनि आङदेम्बेलाई हराउँदै प्रतिनिधिसभा सदस्य बनेका थिए ।
०१८ चैत ८ गते पाँचथरको फिदिममा जन्मिएका उनी पछिल्लोपटक ०७६ मा करिब १८ महिना भौतिक पूर्वाधार तथा यातायातमन्त्रीसमेत बनेका थिए ।
Comments
Related News