• Trending:

माओवादीले थप्यो प्रतिनिधिसभामा एक सिट

माओवादीले थप्यो प्रतिनिधिसभामा एक सिट

Economist Nepal

Sat, Mangsir 10 2079

माओवादीले थप्यो प्रतिनिधिसभामा एक सिट

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभामा १ सिट थपेको छ ।

काभ्रेपलाञ्चोक निर्वाचन क्षेत्र नम्बर १ सूर्यमान तामाङ (दोङ) ले एमाले उम्मेदवारलाई रोक्दै जित निकालेसँगै माओवादीको एक सिट थपिएको हो ।

निर्वाचन आयोगको मतपरिणामअनुसार तामाङ ३४ हजार पाँच सय १२ मतसहित निर्वाचित हुँदा उनका प्रतिस्पर्धि नेकपा (एमाले) का उम्मेदवार रेशमबहादुर लामा ३० हजार पाँच सय ४८ मतमा खुम्चिए ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका बसुनारायण श्रेष्ठ आठ हजार छ सय ९७ मत प्राप्त गरी तेस्रो भए ।

त्यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्णबहादुर विश्वकर्माले एक हजार आठ सय ५३ मत पाए ।

काभ्रे–१ मा जनता समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी र स्वतन्त्र गरी १७ उम्मेदवार रहेका थिए ।

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.