• Trending:

तेह्रथुम–१ मा कांग्रेस नेत्री गुरुङ विजयी

तेह्रथुम–१ मा कांग्रेस नेत्री गुरुङ विजयी

Economist Nepal

Sat, Mangsir 10 2079

तेह्रथुम–१ मा कांग्रेस नेत्री गुरुङ विजयी

काठमाडौं । तेह्रथुम निर्वाचन क्षेत्र नं १ मा मा नेपाली कांग्रेसका उम्मेदवार सीता गुरुङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन् ।

निर्वाचन आयोगको मतपरिणामअनुसार गुरुङ १९ हजार सात सय दुई मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी हुन् ।

त्यसैगरी, विजय सुब्बाले १८ हजार छ सय २३ मत ल्याए । उनीहरू बीचमा एक हजार ७९ मतान्तर रहेको छ ।

तेह्रथुम निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधि सभा निर्वाचनका लागि सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीसहित विभिन्न पार्टीबाट १० उम्मेदवार रहेका छन् ।

मञ्चका विष्णुकुमार चोङवाङ सात सय २३ मत प्राप्त गरी तेस्रो भए ।

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.