• Trending:

पूर्वसञ्चार मन्त्रीले पूर्व उपसभामुख हराए

पूर्वसञ्चार मन्त्रीले पूर्व उपसभामुख हराए

Economist Nepal

Sat, Mangsir 10 2079

पूर्वसञ्चार मन्त्रीले पूर्व उपसभामुख हराए

काठमाडौं । पूर्वउपसभामुख चित्रलेखा यादव पराजित भएकी छन् । सिरहा–२ बाट कांग्रेस उम्मेदवार रहेकी यादवलाई जनता समाजवादी पार्टी (जसपा) नेपालका राजकिशोर यादवले परास्त गरेका हुन् ।

यादवले नेपाली कांग्रेसकी नेत्री चित्रलेखा यादवलाई पराजित गर्दै सिरहा–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी हुन् ।

निर्वाचन आयोगका अनुसार, राजकिशोरले २४ हजार १७८ मत प्राप्त गरे । त्यसैगरी चित्रलेखाले २३ हजार २८ मत पाइन् । उनीहरू बीचमा एक हजार एक सय ५० मतान्तर रहेको छ ।

त्यसैगरी जनमत पार्टीका उम्मेदवार विनोदकुमार यादव १६ हजार नौ सय दुई मत प्राप्त गरी तेस्रो भए । सिरहा निर्वाचन क्षेत्र नं–२ मा प्रतिनिधिसभा सदस्यको निम्ति २४ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका थिए ।

The post पूर्वसञ्चार मन्त्रीले पूर्व उपसभामुख हराए appeared first on NepalWatch.

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.