• Trending:

मुगुमा कांग्रेसका शाही विजयी – NepalWatch

मुगुमा कांग्रेसका शाही विजयी – NepalWatch

Economist Nepal

Sat, Mangsir 10 2079

मुगुमा कांग्रेसका शाही विजयी – NepalWatch

काठमाडौं । मुगुमा प्रतिनिधिसभा सदस्यतर्फ सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार ऐनबहादुर शाही विजयी भएका छन् । उनी १४ हजार सात सय दुई मत प्राप्त गर्दै विजयी भएका हुन् ।

कांग्रेस उम्मेदवार शाहीका निकटतम प्रतिद्व्रन्द्वी नेकपा (एमाले) का राजबहादुर कार्कीले १० हजार सात सय आठ मत प्राप्त गरेको जिल्ला निर्वाचन अधिकृत विष्णुप्रसाद न्यौपानेले जानकारी दिए ।

शाही र कार्कीबीच ३ हजार ९९४ मतान्तर रहेको छ । विजयी भएका शाही नेपाली कांग्रेस मुगुको सभापति समेत हुन् ।

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.