• Trending:

अर्को वर्ष विद्युत कटौती अन्त्य गर्ने श्रीलंकाको योजना

अर्को वर्ष विद्युत कटौती अन्त्य गर्ने श्रीलंकाको योजना

Economist Nepal

Sat, Mangsir 10 2079

अर्को वर्ष विद्युत कटौती अन्त्य गर्ने श्रीलंकाको योजना

श्रीलंका । श्रीलंकाका ऊर्जामन्त्री कञ्चना विजेसेकेराले शनिबार पत्रकारहरूलाई आगामी जनवरीसम्ममा निर्बाध विद्युत आपूर्ति सुनिश्चित गर्न सबै सम्भावित उपायहरू अपनाउने बताएका छन् ।

श्रीलंकाले फेब्रुअरी २०२२ देखि दैनिक बिजुली कटौतीको सामना गरिरहेको छ  । कुनै बेला दैनिक १३ घण्टासम्मको बिजुली कटौती भएको थियो ।  जुन अहिले दिनको लगभग दुई घण्टामा घटेको छ।

मन्त्रीका अनुसार सरकारले पछिल्ला केही महिनामा विद्युत् कटौतीलाई ठूलो मात्रामा कम गर्न कदम चालेका छन्।

हरेक वर्ष माघ र असार महिनामा विद्युत महसुल परिमार्जन गर्नु उपयुक्त हुने भन्दै उनले विद्युत महसुल परिमार्जन नगरी त्यसो गर्न नसकिने बताएका छन्  ।

मन्त्रीका अनुसार उनीहरूले सन् २०२३ मा नवीकरणीय ऊर्जालाई बढावा दिने योजना  पनि बनाएका छन् र यो श्रीलंकाको लागि ऊर्जाको उत्तम स्रोत पनि हो।

 

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.