• Trending:

उदयपुरमा मतगणना अझै अन्यौलमा – NepalWatch

उदयपुरमा मतगणना अझै अन्यौलमा – NepalWatch

Economist Nepal

Mon, Mangsir 12 2079

उदयपुरमा मतगणना अझै अन्यौलमा – NepalWatch

काठमाडौं । आइतबार विहानबाट रोकिएको मत गणना उदयपुरमा अझै सुरु हुन सकेको छैन । उदयपुरको क्षेत्र नं.१ को प्रतिनिधि सभाको मतगणनाको क्रममा १०० मतपत्र प्रदेशसभाको फेला परेपछि विवाद उत्पन्न भएको हो ।

प्रदेश सभा १ (१) र १ (२) को अन्तिम मत परिणाम सार्वजनिक भईसकेको भएपनि त्यस क्षेत्रको मत फेला पर्दा धाँधली भएको भन्दै मत गणना अन्यौलमा परेको हो । एमाले लगाएतका विभिन्न दलका १५ उम्मेदवार तथा उनिहरुका प्रतिधिहरुले पुन मतदानको माग राखेर हिजै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका छन् भने काँग्रेस लगायतका गठबन्धनका दलहरुले गणना सुचारु राख्नु पर्ने अडान राख्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका छन् ।

मतदान रोकिएको कारण तथा विवरण निर्वाचन आयोगमा पठाई सकेको र आयोगको जवाफ तथा निर्देशनको पर्खाइमा रहेको मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले बताए । आयोगको पत्र बमोजिम आफुहरु अगाडी बढ्ने तयारीमा रहेको पनि उनले बताए ।

उदयपुर १ मा गठबन्धनबाट कांग्रेसका डा। नारायण खड्का र एमालेबाट मन्जुकुमारी चौधरी बिच प्रतिस्पर्धा भई रहेको छ ।

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.