• Trending:

सोमालियाको एक होटलमा आतंककारी हमला, मानवीय क्षतिको आशंका

सोमालियाको एक होटलमा आतंककारी हमला, मानवीय क्षतिको आशंका

Economist Nepal

Mon, Mangsir 12 2079

सोमालियाको एक होटलमा आतंककारी हमला, मानवीय क्षतिको आशंका

एजेन्सी । सोमालियाको एक होटलमा आतंकारीहरुले हमला गरेको बताइएको छ । सोमालियाको राजधानी मोगादिसुमा रहेको भिल्ला रोसा होटलमा आइतबार राति शक्तिशाली हतियार प्रयोग गरेर हमला गरेका बताइएको छ ।

सो होटलमा सोमालियामा हिंसा मच्चाइरहेका अब सेबाब आतंककारी समूहले आक्रमण गरेको सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन् । ती अधिकारीहरुका अनुसार आइतबार राति सो होटलमा उनीहरुले हमला गरेका छन् र त्यस होटलमा रहेका कर्मचारी तथा पाहुनाको अवस्था अज्ञात रहेको छ ।

स्थानीय प्रहरी र नागरिकहरुले सो होटलमा उनीहरुले शक्तिशाली विस्फोटक पदार्थहरु पनि विस्फोट गराएको बताइएको छ । प्रहरीले सोमबार बिहानसम्म सो हमलाको बारेमा पूर्ण जानकारी नआएको र प्रहरीले सो होटललाई घेरा हालेर अनुसन्धान जारी गरेको बताएको छ ।

सो होटलमा रहेका पाहुना र कर्मचारी हताहत भएको आशंका गरिएको समाचारमा जनाइएको छ । शक्तिशाली हतियार र विस्फोटक पदार्थको प्रयोग गरेर हमला भएकाले मानवीय क्षतिको आशंका गरिएको स्थानीय प्रहरी अधिकारीले जनाएका छन् ।

आतंककारीहरुले होटलको गेट र परिसरमा विस्फोट गराएका थिए । सोमबार बिहान प्रहरी सो होटलमा प्रवेश गरेको र उद्धारको काम सुरु भएको बताइएको छ ।

सोमालियाका अल सेबाब आतंककारीहरुले पछिल्लो समयमा सुरक्षाकर्मी, सर्वसाधारण नागरिक एवं विभिन्न भौतिक संरचनाहरुमा पनि आक्रमण गर्ने गरेका छन् ।

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.