• Trending:

१६ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्दै केन्द्रिय बैंक

१६ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्दै केन्द्रिय बैंक

Economist Nepal

Mon, Mangsir 12 2079

१६ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्दै केन्द्रिय बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले १६ अर्ब ६३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिन, १८२ दिन १ वर्षको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो ।

मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि आज दिउँसो ३ बजे बोलकबोल हुनेछ । केन्द्रीय बैंकले ९१ दिनको लागि ३ अर्ब १३ करोड रुपैयाँ ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी फागुन १६ गते परिपक्व हुनेछ । त्यस्तै  १८२ दिनको लागि ६ अर्ब रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी २०८० साल जेठ २ गते परिपक्व हुनेछ ।

त्यस्तै १ वर्षको लागि ७ अर्ब ५० रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो । यो ट्रेजरी २०८० मंसिर १२ गते परिपक्व हुनेछ ।

ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.