• Trending:

क्यामरुनमा पहिरोमा परी १४ जनाकाे मृत्यु, केही हराए

क्यामरुनमा पहिरोमा परी १४ जनाकाे मृत्यु, केही हराए

Economist Nepal

Mon, Mangsir 12 2079

क्यामरुनमा पहिरोमा परी १४ जनाकाे मृत्यु, केही हराए

एजेन्सी । क्यामरुनको राजधानी याओन्देमा आइतबार पहिरोमा परेर कम्तीमा पनि १४ जनाको ज्यान गएको बताइएको छ । सोमबार त्यहाको प्रहरीले दिएको जानकारीअनुसार पहिरोमा परेर १४ जनाको ज्यान गएको छ भने अरु केही हराइरहेका छन् ।

पछिल्लो समयमा बाढी र पहिरोको प्रकोप बढेको बताइएको छ । यस क्षेत्रका नागरिकको मुत्यु संस्कारका क्रममा जम्मा भएका नागरिक पहिरोमा परेका थिए ।

त्यस क्रममा जम्मा भएका १४ जनालाई पहिरोले लगेको र अरु केही भाग्न सफल भएका थिए । त्यसमा परेर केही व्यक्ति हराएका र उनीहरुको खोजी जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरी घटनास्थलमा पुगेको र उद्धार तथा खोजीको काम जारी राखेको बताइएको छ ।

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.