• Trending:

अफगानिस्तानलाई थप ४० मिलियन अमेरिकी डलर नगद सहायता प्राप्त

अफगानिस्तानलाई थप ४० मिलियन अमेरिकी डलर नगद सहायता प्राप्त

Economist Nepal

Tue, Mangsir 13 2079

अफगानिस्तानलाई थप ४० मिलियन अमेरिकी डलर नगद सहायता प्राप्त

काठमाडाैं । अफगानिस्तानले मानवीय नगद सहायताका रूपमा थप ४० मिलियन अमेरिकी डलर मंगलबार प्राप्त गरेको केन्द्रीय बैंक दा अफगानिस्तान बैंक (डीएबी) जनाएको छ ।

नगदमा मानवीय सहायता पठाएकोमा अन्तरराष्ट्रिय समुदायको प्रशंसा गर्दै बैंकले विज्ञप्तिमा बैंकिङ प्रणालीमार्फत थप नगद सहायता पठाउन आह्वान गरेको छ ।

यस्तै विगतका दुई सातामा काबुलले  ४०  मिलियन डलरको नगद सहायता प्राप्त गरेको  थियो ।

युद्धग्रस्त अफगानिस्तानले विदेशी मुद्रा सञ्चितिलाई गत वर्षको तुलनामा १.५ बिलियन डलर भन्दा बढी पु-याएको छ ।

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.