• Trending:

कालिञ्चोक दर्शनले आजदेखि आइपिओ निष्काशन गर्दै

कालिञ्चोक दर्शनले आजदेखि आइपिओ निष्काशन गर्दै

Economist Nepal

Wed, Mangsir 14 2079

कालिञ्चोक दर्शनले आजदेखि आइपिओ निष्काशन गर्दै

काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले आज (मंसिर १४ गत) देखि आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले जारी पूँजी ६० करोडको २ प्रतिशत अर्थात् १ करोड २० लाख बराबरको १ लाख २० हजार कित्ता शेयर आयोजना प्रभावित स्थानीय बासिन्दामा निष्काशन गर्नेछ । जारी पूँजीको १८ प्रतिशत अर्थात् १० करोड ८० लाख बराबरको १० लाख शेयरमध्ये १० प्रतिशत अर्थात् १ लाख ८ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गर्ने जनाएको छ ।

सो आइपीओमा छिटोमा मंसिर २८ गतेसम्म आवेदन दिन सकिने छ । सो अवधिसम्म मागबमोजिम आवेदन नपरे पुस १४ गतेसम्म  दिन सकिनेछ ।

स्थानीयले अधिकतम ४ हजार ९९० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले अधिकतम १० हजार ८०० कित्तासम्म माग गर्न सक्नेछन् । कम्पनीको आइपीओ विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.