• Trending:

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु – NepalWatch

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु – NepalWatch

Economist Nepal

Wed, Mangsir 14 2079

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु – NepalWatch

काठमाडौं । मकवानपुरको वकैयामा मोटरसाइकल दुर्घटना हुँदा आज एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक वकैया–५ श्रीपुर बस्ने २८ वर्षीय श्याम लामा रहेको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गएराति धरान–चतरा सडक खण्डअन्तर्गत हात्ती सुडेबाट श्रीपुरतर्फ आउँदै गरेको प्रदेश २–०३–०१८ प २५५७ नंको मोटरसाइकल आफैँ अनियन्त्रित भएर सडकको नालीमा खसेको थियो ।

दुर्घटनामा सख्त घाइते लामालाई उपचारका लागि हेटौँडास्थित चुरेहिल अस्पतालमा ल्याएको र उपचारका क्रममा आज उहाँको मृत्यु भएको बताइएको छ ।

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.