• Trending:

बङ्गलादेश डाइभर्ट भएको नेपाल एयरलाइन्सको जहाज पुनः थाइल्याण्ड उड्दै

बङ्गलादेश डाइभर्ट भएको नेपाल एयरलाइन्सको जहाज पुनः थाइल्याण्ड उड्दै

Economist Nepal

Wed, Mangsir 14 2079

बङ्गलादेश डाइभर्ट भएको नेपाल एयरलाइन्सको जहाज पुनः थाइल्याण्ड उड्दै

काठमाडौं ।  थाइल्याण्डको बैंकक उडानका क्रममा केही प्राविधिक समस्या आएपछि बङ्गलादेश डाइभर्ट भएको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० को न्यारोबडी ए३२० जहाज केहिबेरपछि पुनः बैंकक उड्ने निगमले जनाएको छ ।

निगमका प्रवक्ता अर्चना खड्काका अनुसार काठमाडौँबाट बैंककका लागि उडेको आरए ४०१ उडान नम्बर रहेको जहाजको इन्डिकेटरले कार्गो कम्पार्टमेन्टमा धुवाँ देखिएको सङ्केत गरेपछि बङ्गलादेशको चटगाउँ अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको थियो ।

“इन्डिकेटरमा धुवाँ आएको सङ्केत आएर डाइभर्ट गरिएको हो, जाँच गर्दा खासै समस्या देखिएको छैन, केहीबेरपछि जहाज बैंकक उड्ने तयारीमा छ”, प्रवक्ता खड्काले भने । जहाजमा एक सय ५२ यात्रु सवार रहेको बताइएको छ ।

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.