• Trending:

नयाँ दललाई कार्यालय खोज्दै संसद् सचिवालय

नयाँ दललाई कार्यालय खोज्दै संसद् सचिवालय

Economist Nepal

Thu, Mangsir 15 2079

नयाँ दललाई कार्यालय खोज्दै संसद् सचिवालय

काठमाडौं । यो निर्वाचनबाट संसद्मा प्रतिनिधित्व गर्ने दलको संख्या बढेसँगै सचिवालयले कार्यालय व्यवस्थापनको तयारीसमेत गरेको छ ।

‘नयाँ दल आएपछि जुन–जुन दललाई संसदीय दलका रूपमा हामीले कार्यालय उपलब्ध गराउनुपर्छ, संसदीय दलका लागि आवश्यक पर्ने पदाधिकारीको कार्यकक्ष, बैठक कक्षहरू अहिले हामीसँग भइरहेको संरचनाले धान्दैन,’ धमलाले भने, ‘थप भौतिक संरचना बनाउन सकिएको छैन । संसद् भवन पनि भाडामा लिएर चलाइरहेका छौँ ।

संघीय संसद्को आफ्नै भवन निर्माणाधीन छ । भएकै संरचनाबाट काम चलाउनुपर्ने अवस्था छ । तर, आउँदै गरेका सबै दललाई पुग्ने ठाउँ छैन । सम्भावित ठाउँ खोजिरहेका छौँ । सरकारसँग समन्वय गरेर प्राप्त गर्ने कोसिस गर्छाैँ । जसरी पनि व्यवस्था गर्छाैँ,’ सहायक प्रवक्ता धमलाले भने ।

०७४ को चुनावबाट पाँचवटा पार्टी राष्ट्रिय दल बनेकोमा यसपालि कम्तीमा सातवटा पार्टी राष्ट्रिय दल बन्दै छन् । पाँचजना स्वतन्त्र सांसद छन् । यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनमत पार्टी राष्ट्रिय दलमा थपिएका छन् । उनीहरूका लागि आवश्यक कार्यालय व्यवस्थापनमा सचिवालय लागेको छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।

 

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.