
स्याङ्जा । स्याङ्जा क्षेत्र नम्बर–२ को जारी मतगणनामा नेकपा एमालेकी उम्मेदवार पद्या अर्यालले अग्रता कायम गरेकी छन् । अर्यालले अग्रता कायम गर्दा नेपाली कांग्रेसका धनराज गुरुङ पछि परेका छन् ।
प्राप्त पछिल्लो मतगणनामा अर्यालले २ हजार ३०४ मत ल्याउँदा गुरूङले १ हजार ७०३ मत पाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका टीकराज गुरूङले ३९९ मत पाएका छन् ।
निर्वाचनमा धाँधली भएको भन्दै एमालेलगायत दलले अवरोध गरेपछि बुधबारबाट मतगणना सुरु भएको हो ।
Comments
Related News