
काठमाडौं । जनमत पार्टीका अध्यक्ष सी.के राउतले राजनीतिक भेटघाटलाई तिव्रता पारेका छन् ।
निर्वाचनको अन्तिम परिणाम नजिकिदैँ गर्दा उनले सत्तारुढ दलका शिर्ष नेताहरुसँगको भेटघाटलाई तिव्रता दिएका हुन ।
उनले आज साँझ नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्रि शेरवहादुर देउवासँग भेटे लगत्तै सत्तारुढ दलका अर्का नेता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि भेटघाट गरेका हुन् ।
सत्तारुढ दलका शिर्ष नेताहरु सँगको भेटघाटलाई निकै अर्थपुर्ण तवरले हेरिएको छ । जनमत पार्टीले सत्तारुढ दलका नेताहरु सँग बढाएको भेटघाटले सत्ता गठबन्धनका लागि राउत नेतृत्वको पार्टी पनि तयार रहेको संकेत दिएको छ ।
Comments
Related News