• Trending:

कुटपिट गरि हत्या गरेको आरोपमा ६ जना पक्राउ

कुटपिट गरि हत्या गरेको आरोपमा ६ जना पक्राउ

Economist Nepal

Fri, Mangsir 16 2079

कुटपिट गरि हत्या गरेको आरोपमा ६ जना पक्राउ

धनुषा ।  जमिनको विषयमा विवाद हुँदा धनुषामा १ जनाको  ज्यान गएको छ भने ६ जना घाइते भएका छन् ।  छ । विहिवार राती जग्गाको विषयलाई लिएर विवाद हुँदा मिथिला बिहारी नगरपालिका ४ का ५३ वर्षीय प्रभु यादबको ज्यान  गएकाे हाे । यादवलाई सोहि ठाउँका ४२ वर्षीय सुरज यादव सहितको १० जनाको समुहले  कुटपिट गरेको थियो ।

कुटपिटका कारण गम्भिर घाइते भएका  प्रभुको उपचारका क्रममा ज्यान गएको हाे ।

कुटपिटबाट गम्भिर घाइते भएका प्रभुलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पुर्याइएको भए पनि उनको उपचारकै क्रममा ज्यान गएको धनुषा प्रहरीले जनाएको छ ।

कुटपिट गरि हत्या गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । साथै कुटपिटबाट प्रभुको श्रीमती सहित थप ६ जना घाइतेको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.