• Trending:

 इजिप्टमा खेतबाट फर्किँदै गरेका दश किसानको दुर्घटनामा मृत्यु

 इजिप्टमा खेतबाट फर्किँदै गरेका दश किसानको दुर्घटनामा मृत्यु

Economist Nepal

Fri, Mangsir 16 2079

 इजिप्टमा खेतबाट फर्किँदै गरेका दश किसानको दुर्घटनामा मृत्यु

कायरो । इजिप्टको उत्तरी प्रान्त बेहेरियामा सवारी दुर्घटनामा परेर दश जना किसानको ज्यान गएको छ । खेतको कामबाट फर्किँदै गरेका उनीहरुको ट्याक्टर दुर्घटनामा परेर ज्यान गएको स्थानीय प्रहरीले जानकारी दिएको छ ।

प्राप्त जानकारीअनुसार उनीहरु बिहीबार खेतको काम गरेर घर फर्किँर्दै गरेका बेला उनीहरु सवार रहेको ट्याक्टर दुर्घटनामा परेको थियो ।उनीहरु सवार रहेको ट्याक्टरलाई अर्कातर्फबाट आएको ट्रकले ठक्कर दिएको थियो ।

सो दुर्घटनामा परेर अरु दुई जना घाइते भएका थिए । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ । पछिल्लो समयमा नाइजेरियामा सवारी दुर्घटना सामान्य जस्तो हुदै गएको छ ।

सडकको खराब अवस्थाका साथै सवारी चालकको असावधानीका कारण सडक दुर्घटना दिन प्रतिदिन बढ्दै गएको पाइएको प्रहरीले बताएको छ ।

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.