• Trending:

बाजुरामा रोकिएको मतगणना पुनः सुरू

बाजुरामा रोकिएको मतगणना पुनः सुरू

Economist Nepal

Fri, Mangsir 16 2079

बाजुरामा रोकिएको मतगणना पुनः सुरू

बाजुरा । बाजुरामा मत गणनाको क्रममा उत्पन्न विवाद सहमतिमा टुंगिएपछि मतगणना पुनः सुरू गरिएको छ ।

यसअघि मुुचुल्कामा रहेको भन्दा बढी मत पाइएपछि दलका प्रतिनिधिहरूबीच विवाद उत्पन्न भएको थियो ।

उम्मेदवार तथा दलका प्रतिनिधिहरूको समझदारीमा गणना पुनः सुरू भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिनिधिसभातर्फ हिमाली गाउँपालिका ६ धिममा मुचुल्काभन्दा ४० मत बढी भेटिएको एमालेको आरोप थियो भने प्रदेशसभा (२) तर्फ बुढीगंगा नगरपालिका ३ मतदान केन्द्रका पेटिकामा मुुचुुल्काभन्दा ९८ मत बढी पाइएको दाबी काँग्रेस कार्यकर्ताहरूले गरेका थिए ।

निर्वाचनमा खटिएका कर्मचारीले कम्प्युटरमा इन्ट्री गर्दा फरक पर्न गएको निष्कर्षमा समझदारी भएको हो ।

The post बाजुरामा रोकिएको मतगणना पुनः सुरू appeared first on NepalWatch.

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.