• Trending:

विमानस्थलमा बेहोस अवस्थामा भेटिएका युवकको मृत्यु

विमानस्थलमा बेहोस अवस्थामा भेटिएका युवकको मृत्यु

Economist Nepal

Fri, Mangsir 16 2079

विमानस्थलमा बेहोस अवस्थामा भेटिएका युवकको मृत्यु

जुम्ला । जुम्लाको विमानस्थलमा बेहोस अवस्थामा भेटिएका कैलालीका एक युवकको उपचारको क्रममा मृत्यु भएको छ ।

कर्णाली प्रदेश प्रहरीका अनुसार बेहोस अवस्थामा भेटिएका युवकको उपचारको क्रममा मृत्यु भएको हो ।

आज बिहान साढे १० बजेको समयमा जुम्लाको चन्दननाथ नगरपालिका–१ स्थित जुम्ला विमानस्थलको पश्चिम तर्फको तार जाली भित्र कैलालीका रामप्रसाद जैसी बेहोस अवस्थामा भेटिएका थिए ।

बेहोस अवस्थामा फेला परेका जैसीको उपचारको लागि कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठान जुम्लामा लगिएको थियो ।

प्रतिष्ठानका डाक्टरले जैसीलाई उपचारमा क्रममा मृत घोषणा गरेकोे जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरिक्षक धर्मराज जोशीले बताए ।

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.