• Trending:

भीम रावललाई बालेनको जवाफ–मैले होइन, अमेरिकी राजदूतले चाहिँ अनुमति लिएर मलाई भेटेका हुन्

भीम रावललाई बालेनको जवाफ–मैले होइन, अमेरिकी राजदूतले चाहिँ अनुमति लिएर मलाई भेटेका हुन्

Economist Nepal

Fri, Mangsir 16 2079

भीम रावललाई बालेनको जवाफ–मैले होइन, अमेरिकी राजदूतले चाहिँ अनुमति लिएर मलाई भेटेका हुन्

काठमाडौं । काठमाडौं महानगरका प्रमुख (मेयर) बालेन शाहले अमेरिकी राजदूतले परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आफूलाई भेटेको प्रष्ट पारेका छन् ।

मेयर शाहले अमेरिकी राजदूतलाई भेट गरेपछि एमाले नेता भीम रावलले परराष्ट्र मन्त्रालयको अनुमति लिएर भेटेको हो कि आफू खुसी भनेर प्रश्न गरेका थिए । साथै उनले संविधान र स्वाधीनताको ख्याल गर्न पनि आग्रह गरेका थिए । जवाफमा शाहले अमेरिकी राजदूतले पटक–पटक भेट गर्न समय मागेको र आफूले नै परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आउन भनेपछि सोहीअनुरूप उनले प्रक्रिया पूरा गरेर भेट गरेको बताएका छन् ।

‘अमेरिकी राजदूतले हामीसँग पटक–पटक भेट्न खोज्दा हामीले चाहिँ बरु उल्टै उहाँलाई परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आउनुस् भनेका हौं,’ बालेनले रावललाई सामाजिक सञ्जालमार्फत जवाफ दिँदै भनेका छन्, ‘ उहाँले अन्तिममा परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आएपछि मात्र हामीले भेट्ने अनुमति दिएका हौं ।’

अमेरिकासँग महानगरले सहयोग नमागेको बरु अमेरिकामा महानगरले अमेरिकामा नेपाली सभ्यता झल्काउने मठ, मन्दिर, पाटी पौवा निर्माणका लागि सहयोग गर्ने जानकारी गराएको बालेनले उल्लेख गरेका छन् ।

 

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.