• Trending:

रूसी कच्चा तेलको मूल्य घटाउने ईयूको निर्णय

रूसी कच्चा तेलको मूल्य घटाउने ईयूको निर्णय

Economist Nepal

Sat, Mangsir 17 2079

रूसी कच्चा तेलको मूल्य घटाउने ईयूको निर्णय

पेरिस। कच्चा तेलको बिक्रीबाट रुसलाई हुने आम्दानी घटाउने र विश्वव्यापी रुपमा भएको मूल्यवृद्धि रोक्न इयूले सम्झौता गरेको जनाएको हो ।

युरोपेली सङ्घ (ईयू) ले रुसी तेलको मूल्य प्रतिब्यारेल ६० डलरमा सीमित गर्ने सम्झौता गरेको हो ।

रुसमाथिको प्रतिबन्धलाई कायमै राख्न सो मूल्य निर्धारण गरिएको ईयूले बताएको छ ।

करिब १ वर्षदेखि रुसले युक्रेनमा जारी राखेको आक्रमणको विपक्षमा रहेको इयूले पटक–पटक आग्रह गर्दा पनि रुसपछि नहटेपछि कच्चा तेलको मूल्य घटाएर उसलाई दवाव दिएको ईयू सदस्य राष्ट्रहरूले जनाएका छन् ।

ईयूको निर्णयलाई सबै सदस्य राष्ट्रहरुले अनुमोदन गरेपछि मात्र लागू हुनेछ । यो सम्झौताले पश्चिमी प्रतिबन्धहरुका लागि महत्वपूर्ण कदम मानिने छ ।

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.